काठमाण्डौ, चैत्र ११,३६ घण्टा त मेसिनले पनि निरन्तर काम गर्दैन किनकी पाटपुर्जा विग्रन्छ भनेर उसलाई पनि रेष्ट दिनुपर्ने हुन्छ तर विना रेष्ट ४२ घण्टा निरन्तर काम गर्दा निर्देशक दिनेश डिसीलाई एक पटक दैवले हात थापिए दिएका छन् । हाल मायाज बारको सुटमा ब्यस्त डिसी एक साता अघि दोलखा गएका थिए जहाँ उनले ७ हजार ५ सय मिटर माथि पुगी सिनेमाको सुट गरे । तर निरन्तरको खटाईले उनी मृत्युको नजिकबाट फर्किएको क्यामेरा पर्सन पुरूषोत्तम प्रधानले जानकारी गराए ।
घटना विस्तृतमा प्रधानको शब्दमा :यो खबर हामीले अलि अघिनै दिने कुरा गरेका थियो तर माहोल अर्कै बन्ला भनेर आज बाहिर ल्याएका हौ । काठमाण्डूमा ३६ घण्टा निरन्तर सुटिङ गरि हामी दोलखा तर्फ अघि बढ्यौ त्यो ३६ घण्टाको बिचमा आर्टिष्ट र केही टेक्निसियनहरूले रेष्ट गरेका थिए तर दिनेश जिले रेष्ट गर्नुभएन । यस्तै विना रेष्ट दोलखा पुग्दा त्यहा पनि होल डे नाईट सुटिङ हुदा सम्म सम्म उहाँले रेष्ट गुर्नुभएन । यसै बिचमा सिन्धुपाल्चोकको कालिञ्चोकमाथिको एरिया ७ हजार ५ सय मिटरको लोकेशन हन्टमा हामी निस्कियौ ।
जुन टिममा म एक जना प्रोडक्सनको साथी र दिनेश जि हुनुहुन्थ्यो । कार माथि सम्म जान नसकेकाले हामीले चरिकोटमा कार राख्यौ र त्यहाँबाट बाईक लियौ । हामी साढे दुई बजे सम्म लोकेशन हन्टिङमा ब्यस्त थियौ त्यस पश्चात हामी दिउँसो होटल फर्कियौ । त्यसपश्चात अति भयो भनि हामी सवैले दुई घण्टा रेष्ट गर्यौ । रेष्ट गर्ने बेलामा चार बजेको थियो र उठ्दा ६ । त्यतिकैमा दिनेश जि पनि उठ्नु भयो अनि हामी सवै तर जव रेष्ट रूमबाट दिनेश जि निस्कनु भयो । त्यतिबेला उहाँले आफ्नो छातिमा हात राख्दै मलाई भन्नु भयो मेरो लिनु दिन यति छ परिवारलाई यसो भनिदिनु भनी म रहन्न जस्तो छ ।
यति भन्दै उहाँ एक्कासी होसबाट हराउन थाल्नुभयो त्यतिकैमा हामीले उहाँलाई दुई वटा ब्ल्याङकेटले छोपेर एकछिन तातो बनायौ । बाहिर मौसम पनि चिसो थियो । त्यतिकैमा उहाँ होसबाट हराउन थालेपछी हामीले जिप रिक्वेष्ट गर्यौ अनि चरिकोट झर्यौ । डक्टरकोमा पुर्याएपछी सवै ठिक भयो । त्यसपश्चात हामीले बाकी सुटिङ्ग गर्यौ । दिनेश जिले अब म बाच्दिन भनेको त्यो छण निकै निकै हरर थियो ।
उहाँको परिवारले पनि उहाँलाई फिल्म नगर्न बेलाबेलामा सल्लाह दिदो रहेछ तर दिनेश जिले ड्रिम प्रोजेक्ट स्वरूप तयार पारेको मायाज बार कुनै पनि हालतमा राम्रो बनाउन उहाँको कडा परिश्रम देख्दा म नै छक्क परे । अहिले दिनेश जिलाई पनि ठिकै छ । सिनेमाको ६० % छायाकंन पनि सकिएको छ । हामी अहिले काठमाण्डौ फर्किएका छौ र शुक्रबार होल टिमले रेष्ट पनि गर्यो ।
मायाज बार सुनिल मानन्धरको लगानीमा निर्माण भएको सिनेमा हो जुन सिनेमा निर्माण गर्न मानन्धरले ४ बर्ष अघि देखि दिनेश डिसी आफ्नो फिल्मको निर्देशक भनी घोषणा गरेका थिए । नेपाली सिने उद्योगमा हरेक बिषयमा निर्देशकको क्रिएसन माथि प्रोड्यूसर हावी भैरहेको अवस्थामा मानन्धरले यो सिनेमाको स्क्रिप्ट समेत नहेरी विश्वास गरेका छन् दिनेश डिसीलाई । त्यहि बिश्वास दिलाउन पनि डिसी रातदिन मेहनत गरेर काम गरेका छन् । चलचित्रमा राजेश हमाल, करिष्मा मानन्धर, गजित बिष्ट, निशा अधिकारी लगायतले अभिनय गरेका छन् ।स्रोत-फिल्मीखबर

Post a Comment
कृपया प्रतिक्रिया दिनुहोस्