Header Ads

Headlines News :
Home » , » एकपटक जानैपर्ने ठाउँ, गह्रौंकालिका भगवती मन्दिर

एकपटक जानैपर्ने ठाउँ, गह्रौंकालिका भगवती मन्दिर

भनिन्छ, नेपाल प्राकृतिक सौन्दर्य र साँस्कृतिक विविधताले धनी छ । त्यस्तै प्राकृतिक मनोरम, धार्मिक तथा साँकृतिक एवं ऐतिहासिक महत्व बोकेको ठाउँहरुमध्ये प्रसिद्ध स्थल गह्रौकालिका भगवती मन्दिर पनि एक हो ।  हिन्दुहरुको पवित्र धार्मिक शक्तिपीठको रुपमा चिनिने गह्रौंकालिका भगवती मन्दिर धार्मिक दृष्टिकोणले मात्र प्रसिद्ध नभई साँस्कृतिक, भौगोलिक, प्राकृतिक र ऐतिहासिक हिसाबले पनि महत्वपूर्ण छ ।
समुन्द्री सतहदेखि झण्डै १५९६ मिटरको उचाईमा अवस्थित गह्रौंकालिका भगवती मन्दिर स्याङ्जा जिल्लाकै औसत सर्बोच्च स्थानमा रहेको छ । स्याङ्जा जिल्लाको करीब मध्य भू–भागमा रहेको गह्रौंकालिका भगवती मन्दिर स्याङ्जा जिल्लाकै मुटु मानिने वालिङ बजारदेखि दक्षिणतर्फ पर्दछ । वालिङ बजारबाट मास्कीडाँडा, चिथाभञ्ज्याङ हुदै काफलडाँडा, देउराली भञ्ज्याङसम्मको कच्ची सडक यात्रा र १ घण्टाको पैदल यात्रा गरी करीव ३ घण्टाको यात्रापछि पुग्न सकिने भगवती मन्दिर वालिङ नगरपालिका, केवरे भञ्ज्याङ गाविस र पकवादी गाविसको सीमाबर्ती क्षेत्रमा रहेको छ ।
पुगेपछि जोकोहीले स्वर्गिक अनुभूति गर्ने स्थल उच्च भू–भागमा रहेकोले यहाँबाट धेरै टाढा–टाढासम्मका दृष्यहरु अबलोकन गर्न सकिन्छ । स्वच्छ हरियाली माझमा रहेको स्थलबाट उत्तरतर्फ आँधीखोला र वरिपरिका सुन्दर बस्तीहरु साथै अन्य सुन्दर डाँडाकाँडाहरु र अटल माछापुच्छ्रे, अन्नपूर्ण लगायत सम्पूर्ण धौलागिरी हिमश्रृङ्कलाको मनमोहक दृष्यले त्यही बसिरहूँ जस्तो लाग्छ । पूर्वी क्षेत्रमा केवरे भञ्ज्याङ, जगत भञ्ज्याङका भू–भागहरु, देखि सुदुर अन्य दृष्यहरु तथा पश्चिमी क्षेत्रमा ग्रामीणबस्ती सहितका सुन्दर हरियाली डाँडाहरु अनि दक्षिणतर्फ पवित्र धार्मिकस्थल राम्दीधामदेखि आफ्नै स्वतन्त्र गतिमा निरन्तर बगिरहने काली गण्डकीको सुसाई सँगै चापाकोट, रत्नपुर र पाल्पाको रामपुरको उर्वर विशाल फाँट लगायत अन्य थुप्रै भू–भागहरुको दृष्य पनि यस स्थलबाट सुस्पष्ट देखिन्छ । मन्दिरको वरिपरिको सदाबहार जंगलमा पाइने मृग, खरायो, चितुवा, बाँदरजस्ता जंगली जनावरहरु र कालिज, लुईंचे, भ्याकुर, ढुकुर, न्याउली, कोइली जस्ता थुप्रै आकर्षक चराचुरुङ्गीहरुको चिरबिराहटले मन्त्रमुग्ध पार्ने वातावरण सिर्जना गरेको हुन्छ । मन्दिर वरिपरिको जंगलमा पाइने चिउरी, काफल, जुनमान्द्रो, भक्याउलो, ऐसेलु, चुत्रो जस्ता जंगली फलफूल, कटुस, चिलाउने, जस्ता उपयोगी बोटविरुवा सुवासनादार फूलहरु र टिमुर, कुरिलो, क्यामुना, लगायत जानअन्जानका अन्य बहुसंख्यक जडीवुटीहरुको भण्डारले यसको महत्व अझ बढाएको छ । चैत्र–बैशाखको समयमा लालीगुराँस फुलेर जंगल नै राताम्य भएको हुन्छ ।
मन्दिरको तल्लो भागमा रहेका ब्राम्हण, क्षेत्री, मगर, गुरुङ साथै अन्य मिश्रित जातजातिहरुको बस्तीमा आ–आफ्नै पृथक रीतिरिवाज सहितका साँस्कृतिक विविधता पाईन्छ । यस क्षेत्रका गाउँहरुमा राम्रो सुन्तला खेती पाइने र कफी तथा अलैंचीको राम्रो खेती हुने काफलडाँडा, अधमारा, पकवादी तीनदोबाटो आदि हुन् ।
गह्रौंकालिका देवी सबैको आस्थाकी देवी हुन् । स्याङ्जा जिल्ला लगायत जिल्लाबाहिर पाल्पा, गुल्मी, पर्वत लगायत नवलपरासीका साथै टाढा–टाढाका भक्तजनहरु दर्शन गर्न आउने क्रम बर्षैभरि नियमित रहन्छ । विशेष गरी नवदुर्गा र चैत्राष्टमीको दिन पञ्चवलीको साथमा हुने मेला असंख्य दर्शनार्थीहरुको घुईंचो लाग्ने गर्दछ ।
गाउँघरका वृद्धहरुको भनाई र नेपालको बाइसी चौबीसी राज्यको इतिहासहरुका उल्लेख भएअनुसार गह्रौकोट एउटा छुट्टै राज्यको रुपमा थियो भन्ने तथ्य पनि इतिहासका पानाहरुमा पढ्न पाइन्छ । जुन कुराको पुष्टि मन्दिर वरपरका स्थानहरुमा पाइने निर्माणका भग्नावशेषहरुबाट पनि हुने कुरा स्पष्ट हुन्छ ।
यति धेरै महत्वको स्थल गह्रौकालिका भगवती मन्दिर आफ्नै महत्वले सम्पन्न भए पनि प्रचार–प्रसारको अभाव तथा सम्बन्धित निकायको ध्यान पुग्न नसकेकाले पछाडि परेको छ । समयमै सम्बन्धित पक्षको उचित ध्यान पुग्न सकेको खण्डमा अन्य महत्वका साथ साथै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । के तपाई एकपटक उक्त ठाउँको भ्रमण गर्न जानुहुन्न ?
Share this post :

+ comments + 7 comments

Hari Bahadur Thapa
07 May, 2011 02:05

Garhaukalika online le thalani gareko yo utkristha karyako lagi dherai dherai dhanya bad ani safalta ko agrim shubhakamana, www.garhaunkalikaonline.blogspot.com pariwar lai.

Bibek Asafal
12 May, 2011 03:34

गह्रौंकालिका भगवती मन्दिरको प्रचार–प्रसार प्रवद्र्धन र विकासका लागि चालिएको यो कदम अत्यन्तै प्रशंसनीय छ । त्यसको लागि गह्रौकालिका अनलाइन सञ्चालक परिवारलाई धन्यवाद नदिइरहन सक्दिन । जसरी तपाईहरुले एउटा ठोस सोचका साथ यो ब्लगको शुरुवात गर्नु भएको छ, त्यो सोच यथार्थमा परिणत हुन सकोस्, यस कार्यले सार्थकता हासिल गरोस् । मेरो तर्फबाट यही शुभेच्छा छ । जय गह्रौंकालिका माता जय गह्रौंकालिका माता !

Ananda Pangeni
12 May, 2011 03:38

garhaunkalika ko prachar ka lagi blog banayekoma khusi lagyo.
thanks garhaun kalika online team

Sharad Gaire
12 May, 2011 03:40

This is very encouragable work you have done,
congratulation garhaun kalika online

Anonymous
15 May, 2011 21:55

I am very glad to see a blog of the temple of garaun kalika and providing a information about .i wanna say a lats of thanks for the blog family ..and wish u best for the success...

Madhav Tripathi
23 July, 2011 17:37

Hamro gau thau ko nau bata blog sanchalan gariyeko rahecha, aaja facebook marfat herna paye, ati khusi lagyo.
Uttar uttar pragati ko kamana garna chahanchu Garhaun Kalika Online Team lai.

22 August, 2011 17:51

sorry ma euta kura lekhna chahanchu ki garhaun soor oripari ta kafaldada agridada chan un gaunko name kina nahalnu vayeko hola sorry dont mind ok byeeeee.........

Post a Comment

कृपया प्रतिक्रिया दिनुहोस्

 
Copyright © 2011. गह्रौंकालिका अनलाइन - All Rights Reserved
Proudly powered by Blogger