काठमाडौं, कात्तिक २५ — नेपाल र भारतका ट्रेड यूनियनले दुबै देशमा काम गर्ने श्रमिकको अधिकारका लागि पहल गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । शुक्रबार देखि काठमाडौंमा सुरु भएको प्रवासी श्रमिक सम्मेलनमा नेपालको विडव्लुआई आवद्ध समिति र भारतको बिहारमा क्रियाशील हिन्द खेत मजदुर पंचायतबीच सम्झौता भएको हो ।
नेपाल र भारतका ट्रेड युनियनले गरेको पाँच बुँदे सम्झौतामा दुबै देशका युनियनले प्रवासी श्रमिकको अधिकारका लागि आ–आफ्ना सरकार समक्ष लविङ गर्ने उल्लेख छ । यस्तै नेपालका श्रमिक र भारतको विहारमा काम गर्न जाने तथा भारतको बिहारबाट नेपालमा काम गर्न आउने श्रमिकलाई युनियनको सदस्यता दिन र आवश्यक सहयोग गर्न दुवै देशका ट्रेड युनियन सहमत भएका छन् ।
दुबै देशका ट्रेड युनियनले साझा मुद्दा पनि पहिचान गर्नेछन् । सम्झौतामा बीडव्लुआई आवद्ध समिति नेपालका संयोजक नरनाथ लुइँटेल र हिन्द खेत मजदुर पंचायत, बिहार भारतका महासचिव अलिमुद्दीन अन्सारीले हस्ताक्षर गर्नुभएको छ । प्रवासी श्रमिक सम्मेलन शनिबार सकिनेछ ।
source :- unn.com
Post a Comment
कृपया प्रतिक्रिया दिनुहोस्