Header Ads

Headlines News :
Home » » एमआरपी अब ७५ वटै जिल्लाबाट

एमआरपी अब ७५ वटै जिल्लाबाट

काठमाडौं, कात्तिक २५
मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन राजधानी काठमाडौं आउने तयारीमा हुनुहुन्छ ? एमआरपी बनाउन काठमाडौं आउँदा हुने झन्झट अब तपाईँले बेहोर्नु पर्दैन । अब ७५ वटै जिल्लाबाट एमआरपी वितरण सुरु भएको छ ।
परराष्ट्र मन्त्रालयले आजदेखि एमआरपीको आवेदन लिने र पासपोर्ट वितरण गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । आजदेखि देशका ७५ वटै जिल्लाबाट पासपोर्टको फारम वितरण गर्ने र आवश्यक प्रक्रिया पुरा गरेपछि त्यही कार्यालयबाटै उपलब्ध गराउने व्यवस्था मिलाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो व्यवस्था अनुसार अब ७५ वटै जिल्लाका नागरिकले आफ्नै जिल्लाबाट साधारणसेवा अन्र्तगत पाँच हजार रुपैयाँ राजस्व बुझाएर पासपोर्ट लिन सक्नेछन् । द्रुत सेवाअन्तर्गत दश हजार रुपैयाँ बुझाएर पासपोर्ट लिन भने काठमाडौंमा रहेको केन्द्रीय कार्यालयमा नै पुग्नु पर्ने छ ।
परराष्ट्र मन्त्रालयका सहप्रवक्ता तिर्थराज वाग्लेका अनुसार पासपोर्टको फारम संकलनका लागि ५- ६ वटा जिल्ला समेटेर संयोजन केन्द्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालयले आवेदन फारम संकलन गरी संयोजन केन्द्रमा पठाउने छ । केन्द्रले सम्बन्धित जिल्लाबाट संकलित फारम मन्त्रालयमा पठाएपछि आवश्यक प्रक्रिया पुरा गरेर पासपोर्ट बनाई केन्द्रमार्फत नै जिल्लामा पठाईने सहप्रवक्ता वाग्लेले जानकारी दिनुभयो । यो सबै प्रक्रियामा कम्तीमा पनि डेढ महिना लाग्ने छ । अहिले सुरुवाती चरण भएकाले कम्तिमा ४५ देखि ५० दिनको अनुमान गरिएपनि अझै छिटो सेवा दिने प्रयास हुने वाग्लेको भनाई छ ।
परराष्ट्र मन्त्रालयले हस्तलिखित राहदानी बन्द गरी एक वर्षअघिबाट एमआरपी वितरण प्रारम्भ गरेको हो । सुरुमा केन्द्रिय राहदानी कार्यालयबाट मात्र वितरण गर्दा सेवाग्राही मर्कामा परेपछि काठमाण्डु उपत्यकाका तिनवटा जिल्लाबाट आवेदन फारम संकलन गरी राहदानी वितरण गर्ने निर्णय गरिएको थियो ।
गत साउन एक गतेदेखि भने ३८ जिल्ला प्रशासनलाई राहदानी फारम बुझ्ने र वितरण गर्ने जिम्मा दिएको थियो । सबै जिल्लाबाट राहदानी पाउने भएपछि सेवाग्राहीलाई काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ ।  

source : - unn.com
Share this post :

Post a Comment

कृपया प्रतिक्रिया दिनुहोस्

 
Copyright © 2011. गह्रौंकालिका अनलाइन - All Rights Reserved
Proudly powered by Blogger