Header Ads

Headlines News :
Home » » बैद्य समूह फुट्नै लागेको हो त ?

बैद्य समूह फुट्नै लागेको हो त ?

५ असोज, काठमाडौं । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईप्रति तीव्र असन्तुष्टी जनाएको माओवादीको बैद्य पक्ष फुट्ने तयारीमा छ भन्ने खबर तिब्ररुपमा फैलिरहेका छन् । भट्टराई सरकारलाई राष्ट्रघाती भनेर वैद्य पक्षको भेलाले ठहर गरेकै भोलिपल्ट यो खबर फैलिएको हो ।

मोहन वैद्य किरण संरक्षक रहने गरी रामबहादुर थापा बादललाई अध्यक्ष बनाएर नयाँ पार्टी गठन हुन लागेको र त्यसमा पुनर्गठित माओवादीका अध्यक्ष मातृका यादव पनि मिसिने चर्चा चलेको हो । हल्ला अनुसार सीपी गजुरेल र देव गुरुङ उपाध्यक्ष तथा नेत्रविक्रम चन्द विप्लब महासचिव बन्नेछन् तर तत्काल फुट्दा पार्टीले बैधानिकता नपाउने हुँदा अहिलेलाई समानान्तर कमिटी गठन गर्ने कामलाई मात्र निरन्तरता दिने र नयाँ पार्टी पछि मात्रै घोषणा गर्ने हल्ला छ । वास्तवमा यो हल्ला के हो त ?प्रचण्ड र भट्टराई पक्षले चलाएको हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन’ वैद्य पक्षका नेता हरिभक्त कँडेलले भन्नुभयो-’उनीहरुलाई हामी फुटेर गैदिए हुन्थ्यो भन्ने लागेको होला, तर हामी फुट्दैनौ

अर्का नेता नेत्र विक्रम चन्द विप्लवले पनि पार्टीबाट अलग हुने कुरा निराधार र झुटो भएको बताउनुभयो । ‘हामीमाथि अहिले मात्रै होइन, पहिलेदेखि नै यस्तो हल्ला चल्ने गरेको छ’ विप्लवले भन्नुभयो -’कसैले चाहँदैमा हामी फुटेर जाँदैनौं ।’ मातृका यादवसँग एउटै क्रान्तिकारी कम्यूनिष्ट पार्टी गठन गर्ने कुरा पहिलेदेखि नै चल्दै आएको पनि उहाँले बताउनुभयो । ‘मूल माओवादीमै सबै समेटिनुपर्छ भन्ने कुरा हो’ उहाँले भन्नुभयो -’उहाँसँग मिलेर छुट्टै पार्टी गठन गर्ने भन्ने होइन ।’
संस्थापन पक्षले बिरोध थेग्न नसकेर आफूहरुलाई कमजोर बनाउन पार्टी फुटाउन खोजेको आरोप लगाएको वैद्य पक्षको ठहर छ । ‘केन्द्रीय समिति बैठकको लागि हामीले बहस मात्र गरेका हौं’ कँडेलले भन्नुभयो-’यसलाई वाहियात रुपमा उचाल्ने काम अर्को पक्षले गरेको छ, यो गम्भीर कुरा हो ।’ पार्टीको लाईन मिचेर अघि बढ्नेहरुले नै पार्टी फुटाउन खोजेकोले आफूहरु सचेत भएको कँडेलले भन्नुभयो ।

SOURCE :ONLINE KHABAR.COM
Share this post :

Post a Comment

कृपया प्रतिक्रिया दिनुहोस्

 
Copyright © 2011. गह्रौंकालिका अनलाइन - All Rights Reserved
Proudly powered by Blogger