Header Ads

Headlines News :
Home » » हार्दिक अपिल

हार्दिक अपिल


एक भारतीय ब्यापारी शरद सेट्टीको हत्याकाण्डमा भारतीय अभियुक्त द्वय करण सिह र मनोजको हत्या योजनामा संलग्न रहेको अभियोगमा पक्राउ परी विगत ९ वर्षदेखि यूएईको कारागारमा बन्दी जीवन विताउदै आईरहेका अमरबहादुर बमलाई हालै यूएई सरकारले मृत्युदण्डको सजाय सुनाएको छ । भारतीय एक नागरिक मनिषको सहयोगमा यूएईमा करण र मनोजको सहयोगी ड्राइभरको रुपमा काम गर्न आईपुगेका बम दोषी नभई उनको पेशागत कारणले परिबन्धमा परी सजाय भोग्न बाध्य भएको बुझिन आएको छ । स्वयं अपराधी द्वय करण र मनोजले नेपाली समाज, यूएईलाई दिएको एक लिखित पत्रमा उल्लेख गरेअनुसार बम निर्दोष रहेको र जीवनरक्षाका लागि पहल गर्न अपिल गरेको अभिब्यक्ति खुलासा हुन आएको आधारमा पनि उनी निर्दोष रहेको कुरामा थप बल पुग्दछ । बमको ब्यवहारमाथि जेलरले राखेको नियमित निगरानीबाट पनि जेलर स्वयंलाई उनी निर्दोष हुनसक्ने लागेको कुरा बाहिर आएको बुझिन आएकोले यतिबेला उनको जीवनरक्षाका लागि सबै क्षेत्रबाट पहल गर्नुपर्ने अबस्था आएको छ । तसर्थ, उनको मृत्युदण्ड सजायको फैसला भई सजायको घडी नजिकिदै गर्दा  निर्दोष निज अमरबहादुर बमलाई बचाउनको लागि नेपाली दुतावास,यूएई र नेपाल सरकारलगायत सम्बन्धित सबैमा कुटनैतिक पहल गर्नको लागि गह्रौंकालिका अनलाइन हार्दिक अपिल गर्दछ ।

गह्रौंकालिका अनलाइन

Share this post :

Post a Comment

कृपया प्रतिक्रिया दिनुहोस्

 
Copyright © 2011. गह्रौंकालिका अनलाइन - All Rights Reserved
Proudly powered by Blogger