Header Ads

Headlines News :
Home » » अर्मलामा यसरी भासियो जमिन (फोटोफिचर)

अर्मलामा यसरी भासियो जमिन (फोटोफिचर)

नवराज ढुङ्गाना/उज्यालो
पोखरा, मंसिर १४ – सधैं गाडीको चहलपहल भैरहने अर्मला ठूलिबेंशीफाँटको सडकमा केही दिनयता पैदल हिड्ने रमितेको भिडभाड छ ।
सडकको दुवैतर्फ ठूला ठूला खाडल बनेर जमिन भासिएपछि, स्थानीय बासिन्दा त्रसित छन् भने बाहिरबाट हेर्न जानेहरु बढेका छन् ।
कात्तिक २६ गतेदेखि सुरु भएको जमिन भासिने क्रम अझै नरोकिँदा ठूलिबेंशीफाँटका ५१ मध्ये अधिकांश परिवार अन्यत्रै सरेका छन् । फाँट वरपर अहिलेसम्म करिब ४५ वटा ठूला खाडल बनेका छन् ।
स्थानीय प्रशासनले स्काभेटर प्रयोग गरेर बस्ती नजिक परेका भङ्गालो पुर्ने प्रयास पनि गरिरहेको छ । तर एकपछि अर्को गर्दै भासिने क्रम नरोकिएपछि, यो प्रयास सफल हुन सकेको छैन ।
कहिल्यै नदेखेको र नसुनेको विपत्तिले बस्ती नै जोखिममा पारेपछि, रात काट्न आफन्तकोमा जाने स्थानीय वासिन्दा बिहान झिसमिसेमै आफ्नो घरखेतको अवस्था बुझ्न आइपुग्छन् ।
कुन बेला कहाँ भड्खालो पर्ने हो भन्ने डरले बस्तीको बीचमा रहेको रिभरडेल स्कूलको पठनपाठन बन्द गरिएको छ । सडकमा गाडी चल्न पनि रोक लगाइएको छ । अधिकांश किसानले खेतको कून्यु दाईं पनि गर्न पाएका छैनन् ।
Share this post :

Post a Comment

कृपया प्रतिक्रिया दिनुहोस्

 
Copyright © 2011. गह्रौंकालिका अनलाइन - All Rights Reserved
Proudly powered by Blogger