Header Ads

Headlines News :
Home » , » अमेरिकी युवतीद्वारा पोखराका ट्याक्सी चालक परियारमाथि बलात्कारको आरोप

अमेरिकी युवतीद्वारा पोखराका ट्याक्सी चालक परियारमाथि बलात्कारको आरोप

पोखरा – पोखरा घुम्न आएकी २६ वर्षीया एक अमेरिकन युवतीले आफूलाई ट्याक्सी चालक शिव परियारले बलात्कार गरेको भन्दै कास्की प्रहरीमा जाहेरी दिएकी छन् । तर परियारले ती युवतीसँग सहमतिमा नै यौन सम्पर्क गरेको प्रहरीमा बयान दिएका छन् ।

अमेरिकन युवतीले प्रहरीमा दिएको बयान अनुसार घट्ना यही मंसिर १० गते सोमबार राति १० बजेतिरको हो । घट्ना भन्दा चार दिन अघिदेखि ती युवतीलाई ट्याक्सी चालक परियारले आफ्नो ट्याक्सीमा पोखरा घुमाउने गरेका थिए । सोमबारको दिन परियारले ती युवतीलाई आफ्नो ट्याक्सी लेकसाइडमा राखी एक स्कुटरमा साईड सिन गर्ने भन्दै हेम्जा पुरयाए । त्यहाँ घुमघाम गर्दागर्दै रात पर्‍यो । 
 
कोही नभएको मौका उठाउँदै परियारले हेम्जास्थित सडकको छेउमा लगि डरधाक दिँदै बलात्कार गरेको युवातीको आरोप छ । युवतीले आफूलाई बलात्कार गरेको भन्दै कास्की प्रहरीमा घट्ना भएको भोलिपल्ट मंसिर ११ गते परियारविरुद्ध जाहेरी दिइन् । जाहेरीको आधारमा कास्की प्रहरीले सोही दिन परियारलाई पक्राउ गर्‍यो । परियार अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

घट्नाबारे अनुसन्धान भइरहेको र परियारसँग बयान लिन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजेशनाथ बास्तोलाले बताउनुभयो । युवतीको स्वास्थ्य परिक्षण गरिए पनि रिपोर्ट नआएको प्रहरीले बताएको छ ।

आरोपित युवकले भने युवतीसँग सहमतिमा यौनसम्पर्क भएको स्वीकार गरेका छन् । तर, ती युवातीले किन बलात्कारको आरोप लगाएको भन्ने आफूलाई पनि थाहा नभएको परियारको भनाइ छ ।

कास्की धिताल–९ घर भएका परियार पोखरा–६ मा बस्ने गर्थे भने ती युवती लेकसाइडको एक गेष्ट हाउसमा बस्ने गर्थिन्  ।
Share this post :

Post a Comment

कृपया प्रतिक्रिया दिनुहोस्

 
Copyright © 2011. गह्रौंकालिका अनलाइन - All Rights Reserved
Proudly powered by Blogger