Header Ads

Headlines News :
Home » » नयाँ सरकार गठनका लागि कम्तीमा माघको पहिलो सातासम्म कुर्नुपर्ने I

नयाँ सरकार गठनका लागि कम्तीमा माघको पहिलो सातासम्म कुर्नुपर्ने I

काठमाण्डौं, मंसिर १४ । 
राजनीतिक सहमति गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताको सक्रियता बढे पनि प्रक्रियागत तयारीकै कारण नयाँ सरकार गठनका लागि भने कम्तीमा माघको पहिलो सातासम्म कुर्नुपर्ने भएको छ ।

निर्वाचन आयोगले अन्तिम निर्वाचन परिणाम सार्वजनिक गरेपछि संवैधानिक प्रक्रियाअनुसार संविधानसभा बैठक बोलाउन एक महिनाभन्दा बढी समय लाग्ने भएकाले पनि सरकार गठन गर्न ढिलाइ हुने भएको हो ।

समानुपातिक तर्फको मतगणना बिहीबार सकिए पनि निर्वाचन आयोगले समानुपातिक सभासद्को अन्तिम सूची सार्वजनिक गर्न १० देखि २० दिन समय आवश्यक पर्ने जनाएको छ ।

‘अबको २० दिनभित्र आयोगले संविधानसभाको अन्तिम नतिजा सार्वजनिक गर्छ,’ आयोगका प्रवक्ता वीरबहादुर राईले भने,’हामी सकेसम्म छिटो गर्ने तयारीमा छौं ।’ आयोगले शुक्रबार समानुापतिक प्रणालीबाट दलहरुले पाउने सिट संख्या सार्वजनिक गर्दै आइतबार दलहरुसँग संविधानसभा सदस्यको नाम माग्ने तयारी गरेको छ ।

सात दिन समय दिएर आयोगले दलसँग बन्दसूचीमा सहभागी उम्मेद्वारमध्येबाट संविधानसभा सदस्यमा चयन गर्न नाम माग्नेछ । उक्त सूची सच्याउन आयोगले पुनः दलहरुलाई तीन दिनको समय दिने राईले जानकारी दिएको आजको नागरिक दैनिकमा खबर छापेको छ ।

अन्तरिम संविधान २०६३ को ६९ (१) मा निर्वाचन आयोगले अन्तिम निर्वाचन परिणाम सार्वजनिक गरेको २१ दिनभित्र पहिलो बैठक बोलाउने उल्लेख छ ।
Share this post :

Post a Comment

कृपया प्रतिक्रिया दिनुहोस्

 
Copyright © 2011. गह्रौंकालिका अनलाइन - All Rights Reserved
Proudly powered by Blogger